Opens in a new tab

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

नवलपुर टुडे

430Shares

सारांश

  • धवलागिरि गाउँपालिकाको २७औँ विशेष गाउँसभाले चालु आर्थिक वर्षको बजेट रु ४८ करोड ५२ लाखबाट बढाएर रु ५४ करोड ७२ लाख पुर्‍याएको छ।
  • गत वर्ष खर्च हुन नसकेको रकमबाट बेलिब्रिज, वडा कार्यालय भवन, ढल व्यवस्थापन र कल्भर्ट निर्माणलगायत २७ वटा योजनाका लागि थप रु छ करोड २० लाख विनियोजन गरिएको छ।
  • तिहारलगत्तै उपभोक्ता समिति गठन र सम्झौता गरी साना योजना उपभोक्तामार्फत र रु १० लाखभन्दा बढीका योजना ठेक्कामार्फत कार्यान्वयनमा लगिने भएको छ।
dida bag ad

म्याग्दी । धवलागिरि गाउँपालिकाको मङ्गलबार मुनामा सम्पन्न २७औँ विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गरेको छ ।

सभाले पुँजीगत शीर्षकमा विभिन्न योजनाका लागि थप बजेट विनियोजन गर्दै चालु आर्थिक वर्षको कुल बजेटको आकार रु ४८ करोड ५२ लाख तीन हजारबाट बढाएर रु ५४ करोड ७२ लाख तीन हजार कायम गरेको हो ।

गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटलाई चालु आर्थिक वर्षमा २७ वटा योजना तथा कार्यक्रमका लागि रु छ करोड २० लाख विनियोजन गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

उपाध्यक्ष पुनले पेस गरेको बजेट संशोधन र वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाले पेस गरेको विनियोजन ऐन संशोधन गर्ने प्रस्ताव सभाले सर्वसहमतिले पारित गरेको हो । गत असारको सभाले पुँजीगत शीर्षकमा विभिन्न योजना तथा कार्यक्रमका लागि रु १४ करोड छ लाख ८७ हजार विनियोजन गरेको थियो । थप भएको सहित पुँजीगत शीर्षकको बजेट बढाएर रु १८ करोड १९ लाख ८७ हजार कायम गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

दीर्घकालीन महत्वका र अति आवश्यक बेलिब्रिज, वडा कार्यालय, ढल व्यवस्थापन र कल्भर्ट निर्माणसम्बन्धी योजनाका साथै कृषि, पर्यटन, नवप्रवर्तन, युवा, महिला, कलासंस्कृति संरक्षण, शिक्षासम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले बताए।

गुर्जामा वडा कार्यालय भवन बनाउन रु ५० लाख, दरखोलामा बेलिब्रिज बनाउन रु ६० लाख, मराङ सानो र ठुलो खोलामा कल्भर्ट पुल बनाउन रु ७० लाख र मल्कवाङको खालीखोलामा कल्भर्ट पुल बनाउन रु ६६ लाख विनियोजन भएको छ ।

गुर्जाको जनकल्याण माविमा शौचालय निर्माणमा रु २० लाख, लुलाङ ढल व्यवस्थापनका लागि रु २५ लाख, मुना स्वास्थ्य चौकी घेराबारका लागि रु २५ लाख, मुदी गाउँमा ढल व्यवस्थापन गर्न रु ४१ लाख, हेम नमुना आवासीय माविमा खोल्सामा बाढी नियन्त्रणका लागि रु ४० लाख, ताकमकोटमा शौचालय, खानेपानी निर्माण र स्लेट ढुङ्गा छपाउन रु चार लाख विनियोजन भएको छ ।

पर्यटन तथा होमस्टे व्यवसायी लक्षित तालिम तथा सामग्री वितरणमा रु २० लाख, मागमा आधारित कृषि कार्यक्रमलाई रु पाँच लाख, नवप्रवर्तन तथा डिजिटल धवलागिरि अभियानलाई रु पाँच लाख, युवा लक्षित सीप विकास तालिमका लागि रु २० लाख, कलासंस्कृति संरक्षणका लागि रु १५ लाख, गृहिणी तथा आमा समूह लक्षित कार्यक्रमका लागि रु २० लाख विनियोजन भएको छ ।

बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार पार्ने काम भइरहेको, दुई वटा योजनाको ठेक्का आह्वान भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए । तिहार लगत्तै उपभोक्ता समिति गठन र सम्झौता गरी साना योजनालाई उपभोक्ता समिति तथा रु १० लाखभन्दा बढी बजेटका योजना ठेक्कामार्फत कार्यान्वयनमा लैजाने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै