सयपत्रीले बदलेको गाउँको दृश्य

नवलपुर टुडे

सारांश
- झापाको भद्रपुरस्थित भृकुटी टोलमा स्थानीय युवा क्लबको पहलमा गरिएको सयपत्री फूलखेतीले गाउँ नै पहेँलै र सुन्दर बनेको छ।
- प्रशासनले भारतीय फूलको आयातमा रोक लगाएपछि स्थानीय स्तरमा उत्पादित सयपत्रीले राम्रो बजार पाउनुका साथै किसानले राम्रो आम्दानी गरिरहेका छन्।
- सयपत्री फूल फुलेर गाउँ आकर्षक देखिएपछि टिकटक र भिडियो बनाउन टाढाटाढाबाट पर्यटक तथा अवलोकनकर्ताहरू आउन थालेका छन्।

झापा । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ ।
त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका–९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको आँगन र सडक किनारमा लहरै सयपत्री फूल फूलेका छन् । फूल फुलेर गाउँ नै सुन्दर देखिएको छ ।
“हाम्रो गाउँ आउनुभयो भने हरेक घरको आँगन र सडकपेटीमा सयपत्री फुलेर पहेँलै भएको सुन्दर दृश्य हेर्न पाउनुहुन्छ,” उनले भने, “रोपी हेरौँ न त भनेर क्लबले अभियान चलाएको थियो । अहिले गाउँ नै सयपत्रीले धपक्कै उज्यालो भएको छ ।”
स्थानीयवासीले सयपत्री हुर्काउन मेहनत गरेका थिए । तिहारमा चाहिनेभन्दा धेरै फूल उत्पादन भएकाले हाल स्थानीयले ती फूललाई बिक्री गरेर आयआर्जन गर्न थालेका छन् । आफूलाई पुगेर उभ्रिएको फूल बेचेर आम्दानी पनि हुँदा स्थानीयवासी हर्षित छन् । झापामा स्थानीय प्रशासनले यसपटक भारतबाट अवैध रूपमा सयपत्री फूल र प्लास्टिकका फूल आयात गर्न रोक लगाएका कारण स्थानीय फूलले बजार पाइरहेको छ ।
पूर्वीनाका काँकडभिट्टा र धुलाबारीबाट चन्द्रगढी विमानस्थल जाने सडक सोही स्थानमा पर्ने भएकाले यहाँको फूलबारीले विदेशी पर्यटकको ध्यान खिच्ने गरेको छ । सो सडकमा हिँड्नेले गाडी रोकेर फोटो तथा भिडियो खिच्ने गरेका छन् । सयपत्री फूलकै कारण गाउँ नै भाइरल होला भनेर नसोचिएको पोखरेल बताउँछन् । हाल टाढा–टाढाबाट ‘टिकटक’ र ‘फेसबुक’का लागि भिडियो बनाउन परिवारसहित यो गाउँमा पुग्ने गरेका छन् ।
फूलखेती गर्दै आएकी विर्तामोड–५ की सुष्मा पौडेलले झापामा दर्जनभन्दा बढी कृषक व्यावसायिक फूलखेतीमा सक्रिय रहेको बताउँछिन् । उनका अनुसार निजी र व्यावसायिक दुवै किसिमको फूलखेतीले यसपालि राम्रो बजार पाउने सम्भावना छ । उनले झापामा प्रतिकेजी रु ५०० र प्रतिमाला रु १५० का दरले सयपत्री फूल बिक्री भइरहेको जानकारी दिइन् ।
“फूलको अवैध आयात रोक्ने प्रशासनको निर्णयले स्थानीय फूलखेती गर्दै आएका किसानमा उत्साह बढेको छ,” उनी भन्छिन्, “किसानले तिहार नजिकिँदै गर्दा धमाधम अर्डर आइरहेको खुसीको खबर सुनाउने गर्नुभएको छ ।”

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















