जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

नवलपुर टुडे

सारांश
- कास्की प्रशासनले फेवाताललगायत पोखराका तालहरूमा हुने जलपर्यटन गतिविधिलाई कानुनी रूपमा व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायमा डुङ्गा तथा बोटहरू दर्ता गर्न आग्रह गरेको छ।
- सेवाग्राहीका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ भने १६ वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ गर्न रोक लगाइएको छ।
- प्रतिकूल मौसममा जलपर्यटन गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ र निर्देशनको अवज्ञा गरेमा कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।

गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ ।
कार्यालयले मङ्गलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट पूर्ण रूपमा रोक लगाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले सेवाग्राही के–कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्ने छ । सोह्र वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न नदिन आग्रह गरिएको छ । त्यस्तै तोकिएको स्थानमा मात्र कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न अनुरोध गरिएको छ ।
पूर्वस्वीकृति लिएकोभन्दा बढी संख्यामा कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न भनिएको छ । पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरी जलपर्यटन गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यीलगायत विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।
हावाहुरी, वर्षा र चट्याङ परेका बेला डुङ्गा, कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ । सूचनाको अवज्ञा गरी त्यस्ता गतिविधि सञ्चालन गर्दा सावधानी अपनाएको नपाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















