Opens in a new tab

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

नवलपुर टुडे

1.6KShares

सारांश

  • चितवनमा प्रहरीले रु छ लाखभन्दा बढी मूल्यको विभिन्न प्रकारका पटका र नगदसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत मोतिहारी घर भई चितवनमा बस्दै आएका सञ्जय साह तेली र कन्हैया कुमार रहेका छन्।
  • राप्ती नगरपालिकाको एक सामुदायिक वनमा ६ महिनाअघि कालगतिले मरेको अनुमान गरिएको दुर्लभ एकसिङ्गे गैँडाको खाग र खुरसहितको अस्थिपञ्जर भेटिएको छ।
dida bag ad

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटियो

दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटिएको छ । राप्ती नगरपालिका-१ दमस्थानी मध्यवर्ती सामुदायिक वनमा अस्थिपञ्जर भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार झन्डै छ महिनाअघि मरेको गैँडाको खाग, खुरसहित अस्थिपञ्जर भेटिएको हो । गैँडा कालगतिले मरेको अनुमान गरिएको छ । तिवारीले खाग र खुर सुरक्षित रहेकाले गैँडा कालगतिले मरेको बताए ।

पछिल्लो गणनाअनुसार यस निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ बयस्क गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ७५२ छ । सङ्ख्या बढी भएकाले प्राकृतिक कारणले गैँडाको मृत्युदर धेरै हुने गरेको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै