अमेरिकामा हेलिकप्टर र प्लेन जुधे; १ को मृत्यु, २ घाइते

एजेन्सी


पेन्सिलभेनिया । अमेरिकाको पेन्सिलभेनिया राज्यमा प्रशिक्षण अभ्यासका क्रममा राज्य प्रहरीको हेलिकप्टर र एउटा सानो विमान आपसमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने दुई जना राज्य प्रहरी घाइते भएका छन् । घटना बुधबार साँझ करिब ६ः५२ बजे कम्बरल्यान्ड काउन्टीस्थित कार्लाएल क्षेत्रीय विमानस्थलमा भएको प्रहरीले जनाएको छ । उक्त विमानस्थल फिलाडेल्फियाबाट करिब १२० माइल पश्चिममा पर्छ ।
पेन्सिलभेनिया राज्य प्रहरीका कार्यवाहक आयुक्त लेफ्टिनेन्ट कर्नेल जर्ज बिभेन्सका अनुसार दुई सदस्यीय हेलिकप्टर टोली धावनमार्गको छेउमा रहेको घाँसे मैदानमा नियमित प्रशिक्षण अभ्यास गरिरहेको थियो । त्यसै क्रममा धावनमार्गबाट उडेको दुई सिटे सेस्ना मोडल १५० विमान दायाँतर्फ मोडिँदै पछाडिबाट हेलिकप्टरमा ठोक्किएको थियो । दुर्घटनाका बेला हेलिकप्टर जमिनबाट केही फिट मात्रै माथि रहेको बिभेन्सले बताए ।
सानो सेस्ना विमानमा पाइलट मात्रै रहेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि विमानमा अरू कोही सवार थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले पेन्सिलभेनिया राज्य प्रहरीको सहयोगमा गरिरहेका छन् । पेन्सिलभेनियाका गभर्नर जोस शापिरोले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ठुलो मानवीय क्षति हुन सक्ने अवस्था भए पनि त्यसो हुनबाट जोगिएको बताए ।
गत वर्ष रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलनजिक हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किँदा ६७ जनाको मृत्यु भएपछि अमेरिकामा हेलिकप्टर र विमान दुबैले प्रयोग गर्ने हवाई क्षेत्रको सुरक्षाबारे विशेष ध्यान दिइँदै आएको छ । कार्लाएल विमानस्थलमा करिब ४ हजार फिट लामो एउटा मात्रै धावनमार्ग छ । न त यो विमानस्थलमा नियन्त्रण टावर छ । पाइलटहरूले रेडियोको साझा फ्रिक्वेन्सीमार्फत आफ्ना उडानसम्बन्धी जानकारी आदानप्रदान गर्ने गर्छन् । यो अभ्यास साना विमानस्थलका लागि सामान्य हो ।


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ
अरुपनि पढ्नुहोस
सबै

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड
















