बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

रासस

सारांश
- जनकपुरधाममा आयोजित बालविवाह अन्त्यसम्बन्धी कार्यक्रममा उपप्रमुख किशोरी साहले कानुनी व्यवस्थासँगै समाजको सोच बदल्नुपर्नेमा जोड दिनुभयो।
- वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा अहिलेसम्म सात वटा बालविवाह रोकिएको जानकारी दिँदै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- कार्यक्रममा वक्ताहरूले बालविवाह अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबीच संयुक्त प्रयास तथा सहकार्य अपरिहार्य रहेको औंल्याएका छन्।

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उनले कुरीतिविरुद्ध समुदायस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी मधेस प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदाय र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सात वटा बालविवाह रोकिएको जानकारी दिए । उनले आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको बताउनुभयो । बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सडक नाटकमार्फत बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो ।

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै
अरुपनि पढ्नुहोस
सबै
बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
















