सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

रासस

सारांश
- बाल्यकालदेखि नै परिवारको साथ र संरक्षणबाट वञ्चित भई सानै उमेरमा लागूऔषध दुव्र्यसनमा फसेका दमौलीका गङ्गाराम परियारको जीवन अभाव, एक्लोपन र असफल सम्बन्धका कारण निकै कष्टकर बनेको थियो।
- मदिरा सेवन गरी लडेर दुवै खुट्टा भाँचिएपछि हिँडडुल गर्न र काम गर्न असमर्थ भएका उहाँको उपचार र हेरचाह गर्ने कोही नहुँदा सडकमा अत्यन्तै दयनीय जीवन बिताउन बाध्य हुनुभएको थियो।
- उहाँको दयनीय अवस्थालाई मध्यनजर गर्दै गत असोज २० गते जिल्ला प्रहरी कार्यालय लमजुङ र मानवसेवा आश्रम लमजुङको संयुक्त प्रयासमा उद्धार गरी हाल आश्रममा सुरक्षित बास, स्वास्थ्य उपचार र पारिवारिक वातावरण प्रदान गरिएको छ।

तनहुँ । सानै उमेरमा आफन्तको साथ छुटेपछि मानिस कहाँ पुग्छ र कस्ता कठिनाइ भोग्न बाध्य हुन्छ भन्ने उदाहरण हुन् दमौलीका गङ्गाराम परियार ।
बाल्यकालमा अभिभावकीय माया र संरक्षणबाट वञ्चित उनी करिब छ वर्षकै उमेरदेखि लागूऔषध दुव्र्यसनको लतमा फसे । अभाव, एक्लोपन, असफल सम्बन्ध र शारीरिक पीडाले उहाँको जीवनलाई झन् कठिन बनाउँदै लग्यो ।
सानै उमेरमा उचित संरक्षण र मार्गदर्शन नपाउनु भएका गङ्गाराम गलत सङ्गतमा परे । बाल्यकालमै सुरु भएको दुव्र्यसनले उहाँको जीवनमा गहिरो प्रभाव पार्यो । केही समय पोखरास्थित एक संस्थामा बसेर खानपान, बसोबास र कामको व्यवस्था भएपनि औपचारिक शिक्षा हासिल गर्ने अवसर पाएनन् । त्यहाँ रहँदा दुर्व्यसनबाट मुक्त हुन नसकेपछि उहाँले संस्था छाडे ।
जीवनलाई नयाँ ढङ्गले अघि बढाउने आशासहित उनले विवाह गरे । आफ्नै परिवार बनेपछि जीवन सहज हाला भन्ने अपेक्षा थियो । तर वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । श्रीमतीले साथ छाडेर अर्को व्यक्तिसँग विवाह गरेपछि उनी फेरि एक्लो भए । जीवनका दुःखसुख बाँड्ने कोही नहुँदा उनी दुर्व्यसनतर्फ फर्किए ।
जीविकोपार्जनका लागि दैनिक जसो उनी सामान लोड तथा अनलोड गर्ने काम गर्न थाले । श्रम गरेर कमाएको पैसाले साँझको आवश्यकता टार्दिन्थ्यौ। तर, दिनभरको मेहनतपछि पनि उहाँको जीवनको दिशा बदलिन सकेन ।
दुर्घटनाले थलियो शरीर, सडक बन्यो आश्रय
गङ्गारामको जीवनमा अर्को ठुलो विपत्ति आइलाग्यो, मदिरा सेवन गरेको अवस्थामा लडेर उहाँका दुवै खुट्टा भाँचिए । खुट्टा भाँचिएपछि हिँड्डुल गर्न र काम गर्न नसक्ने अवस्थामा पुगे । नियमित आम्दानीको बाटो बन्द भयो । उपचार गरिदिने र हेरचाह गर्ने आफन्त वा सहारा नहुँदा उनी झन् असहाय बने ।
शारीरिक पीडा र आर्थिक अभावबिच उहाँको जीवन सडकमा बित्न थाल्यो । न सहज रूपमा उपचार पाउने अवस्था थियो, न त आफ्नो दुःख सुनिदिने आफन्त । काम गरेर जीवन धान्ने उहाँ अब अरूको सहयोगबिना सामान्य जीवन बिताउन नसक्ने अवस्थामा पुगे ।
यही अवस्थाबारे जानकारी पाएपछि गत असोज २० गते जिल्ला प्रहरी कार्यालय लमजुङ र मानवसेवा आश्रम लमजुङले संयुक्त रूपमा उनको उद्धार गरेको छ । सडकमा कष्टकर जीवन बिताइरहेका गङ्गारामलाई उद्धार गरी मानवसेवा आश्रममा ल्याइएको मानवसेवा आश्रम लमजुङका सेल्टर संयोजक सङ्गीता विकले जानकारी दिइन् ।
आश्रममा ल्याइएपछि गङ्गारामको स्वास्थ्य उपचार र हेरचाह सुरु गरियो । लामो समयदेखि उपचारको अभावमा पीडा सहँदै आएका उनका दुवै खुट्टाको उपचार गरियो । सुरक्षित बसोबास र नियमित हेरचाहको व्यवस्था मिलाइएको विकले राससलाई जानकारी दिइन् ।
जीवनको लामो समय अभाव, उपेक्षा र एक्लोपनमा बिताउनुभएका गङ्गारामका लागि आश्रमको वातावरण नयाँ थियो । त्यहाँ उहाँका लागि बस्ने ठाउँ र खानपानको व्यवस्था भएको छ । यस्तै, आत्मीयता र पारिवारिक वातावरणको अनुभूति गर्न पाएका छन् । हाल गङ्गाराम मानवसेवा आश्रम लमजुङमा आश्रित छज् ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय
अरुपनि पढ्नुहोस
सबै
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
















