Opens in a new tab

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

नवलपुर टुडे

58Shares

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
  • अध्ययन प्रतिवेदन अनुसार लुम्बिनीमा ५० वर्षभन्दा माथिका १३ हजारभन्दा बढी अन्धोपनबाट प्रभावित छन् भने ग्रामीण क्षेत्रमा सेवाको पहुँच अझै असमान रहेको छ।
  • अस्पतालहरूलाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन प्रतिवेदनले सुझाव दिएको छ।
dida bag ad

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताएका छन्।

नेपाल नेत्रज्योति सङ्घले मंगलबार लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। सङ्घले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।

सङ्घको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन्। यस उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १.७ प्रतिशत छ । त्यस्तै, ६/१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेका छन्।

अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको, दक्ष जनशक्तिको अभाव रहेको तथा उपचारपछिको अनुगमन प्रणाली कमजोर रहेको औँल्याएको छ।

लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी ६ वटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ।

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे