बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता

राजु ताम्राकार

सारांश
- काठमाडौं स्पोर्ट्स एकेडेमी र वडा नं. १६ को आयोजनामा सुरु भएको राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जैसवाल र सिएम आशिस फुयाल ५ अंकसहित संयुक्त अग्रतामा छन्।
- प्रतियोगितामा पुरुषोत्तम सिलवाल, अभिक शाह र बद्रिलाल नेपाली साढे चार अंकसहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।
- स्वीस लिग प्रणालीमा भइरहेको यस प्रतियोगितामा १२३ राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको छ भने विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

काठमाडौं। काठमाडौं स्पोर्ट्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा केएसए काठमाडौं वडा १६ राष्ट्रिय र्यापिड बुद्धिचाल सुरु भएको छ।
नेपाल बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष नारायणदास गमालको संयोजनमा सञ्चालन भएको पाँच चरण खेलपछि एफएम रुपेश जैसवाल र सिएम आशिस फुयाल पूर्ण ५ अंकसहित संयुक्त शीर्ष स्थानमा रहेका छन्।
रुपेशले पाँचौ चरणको खेलमा धादिङका शुभाष कुमार गुरुङलाई पराजित गरेका थिए भने आशिषले ललितपुरका सरोज महर्जनलाई हराए।
स्पर्धामा काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल, एआईएम अभिक शाह र पूर्व तिनपटकका नेपाल च्याम्पियन बद्रिलाल नेपाली समान ४.५ अंक सहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।
सिएम सिलवालले पूर्व नेपाल च्याम्पियन सिएम नविन तण्डुकार माथि जित हात पारे भने बद्रीले सन्देश बरुवाल माथी सहजरुपमा सफलता हात पारे। त्यसैगरी अभिक शाहले ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरे।
प्रतिस्पर्धामा समान ४ अंक बनाउदै सरोज महर्जन, सुभाष कुमार गुरुङ, मुहान नरसिंह श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, राजीव कार्की, सिएम नवीन तण्डुकार, प्रेम खड्का, धिरेन राई, प्रबिर केसी, प्रवेश कार्की, राधिका पौडेल, शुभन्दीप थापा, आशा नारायण लावत र जनार्दन श्रेष्ठ चुनौतीमा छन्।
स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोताको छैटौं चरणको खेलमा रुपेश जैशवाल र आशिस फुँयाल तथा बद्रीलाल नेपाली र पुरुषोत्तम सिलवाल बीचको खेलमा रोचक हुनेछ ।
जम्मा १२३ जना राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको दुई दिने प्रतियोगिताका बिजेताले ५० हजार , उप बिजेताले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार हात पार्ने छन् । कूल पुरस्कार २ लाख ५३ हजार नगद पुरस्कार रहेको प्रतियोगितामा महिलातर्फ उत्कृष्ट दश जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
यस अघि काठमाडौं १६ वडा अध्यक्ष श्रीमती रोजिना श्रेष्ठ र एकेडेमीका अध्यक्ष नारायणदास गमालले चेस गोटी चालेर उदघाटन गरेका थिए। वडा अध्यक्ष रोजिना श्रेष्ठले प्रतियोगिताको निरन्तरता रहने बताए।
नेपाल बुद्धिचाल महासंघका प्रबक्ता राजु ताम्राकारले सबै राष्ट्रिय प्रतियोगिताहरुको समयतालिका निश्चित भइरहेको जानकारी दिदै खेलाडीले आफ्नो तयारी थाल्न सन्देश दिएका छन्।

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















