Opens in a new tab

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

नवलपुर टुडे

2.6KShares

सारांश

  • वीरगञ्जको सिर्सिया चेकपोस्टबाट चाँदीका विभिन्न सामग्रीसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा वीरगञ्ज–१६ का रामप्रकाश सर्राफ र कृष्ण सहनी रहेका छन् भने उनीहरूबाट ३२३ ग्राम १३० मिलिग्राम चाँदीका वस्तुहरू बरामद गरिएको छ।
  • बरामद गरिएका मूर्ति, भाँडाकुँडासहितका सामग्री र पक्राउ परेका दुवै जtedलाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
dida bag ad

वीरगञ्ज । वीरगञ्जमा चाँदीबाट बनेका विभिन्न सामग्रीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार मोटरसाइकल जाँच गर्दा चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामग्री उनीहरूबाट फेला परेको हो । उनका अनुसार बरामद सामग्रीमा ४ थान चम्चा, एउटा सिक्री, एउटा प्लेट, गणेश–लक्ष्मीका दुई थान मूर्ति, पाँच थान माछा, तीन थान हरिण, चार थान कछुवा र एउटा गोरुको आकृति रहेका र बरामद सामग्रीको कुल तौल ३२३ ग्राम १३० मिलिग्राम रहेको छ ।

पक्राउ परेका दुवै जना र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै