मनोरन्जन

कमेडी सुपर लिगको चितवन अडिसन भोलि

नवलपुर टुडे
२०८३ साउन ३० | मध्यान्ह ०७:०४ बजे

चितवन । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को चितवन अडिसन आइतबार हुने भएको छ ।

अडिसन भोलि आइतबार होटल रिभर क्राउन गैंडाकोटमा हुने भएको हो । अडिसन बिहान ११:३० बजेबाट बेलुका ५ बजेसम्म चल्नेछ । अडिसनका लागि क्रियटिभ निर्देशक रोशन सुवेदी र कार्यक्रमकी क्याप्टेन सुरक्षा पन्त चितवन आईसकेका छन् ।

निर्माण पक्षका अनुसार देशका पाँच प्रमुख शहरमा अडिसन हुनेछ । जस अनुसार यस अघिमा दमकमा अडिसन सम्पन्न भईसकेको छ । चितवनपछि भदौ २ गते नेपालगञ्ज, भदौ ४ गते पोखरा र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ ।

अडिसनबाट छनोट भएका उत्कृष्ट ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन् । कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन रहेका छन् । रियालिटी शोमा अभिनेता राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा देखिनेछन् ।

कमेन्टहरु