कमेडी सुपर लिगको चितवन अडिसन भोलि

नवलपुर टुडे

चितवन । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को चितवन अडिसन आइतबार हुने भएको छ ।
अडिसन भोलि आइतबार होटल रिभर क्राउन गैंडाकोटमा हुने भएको हो । अडिसन बिहान ११:३० बजेबाट बेलुका ५ बजेसम्म चल्नेछ । अडिसनका लागि क्रियटिभ निर्देशक रोशन सुवेदी र कार्यक्रमकी क्याप्टेन सुरक्षा पन्त चितवन आईसकेका छन् ।
निर्माण पक्षका अनुसार देशका पाँच प्रमुख शहरमा अडिसन हुनेछ । जस अनुसार यस अघिमा दमकमा अडिसन सम्पन्न भईसकेको छ । चितवनपछि भदौ २ गते नेपालगञ्ज, भदौ ४ गते पोखरा र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ ।
अडिसनबाट छनोट भएका उत्कृष्ट ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन् । कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन रहेका छन् । रियालिटी शोमा अभिनेता राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा देखिनेछन् ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















