सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक


चितवन । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीजका नयाँ नयाँ गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसै क्रममा ‘यो रातो सारी’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
चितवनको पहिलो रेडियो सिनर्जी एफएमका प्रवन्ध निर्देशक तथा संगितकार सहनलाल प्रधानको संगितमा रहेको उक्त गीत रेबल क्रियसनको युट्युब च्यानलमार्फत मार्फत सार्वजनिक भएको हो । सदिक्षा कट्टेलको आवाजमा रहेको गीतको शब्द पुष्प आचार्यले लेखेका हुन् भने बिशाल गुरुङ कान्छाले संगित संयोजन गरेका हुन् ।
गीतको भिडियोमा जुना सुन्दास र कुशल गजमेर फिचर्ड छन् । राजुजंग बस्नेतको निर्देशन र सम्पादन तथा सुमित राजवंशीको नृत्य निर्देशन रहेको भिडियो उत्तम हुमागाईले खिचेका हुन् । संगितकार प्रधानले पहिलो पटक पहिलोपटक तीज गीतमा संगीत भरेको बताएका छन् ।
उनले गीत हेरेर प्रतिक्रिया दिन आग्रह पनि गरेका छन् । प्रधानले यस अघि दर्जनौं गीतमा संगित भरिसकेका छन् । उनले तीज गीतमा संगित भरेको भने यो नै पहिलो पटक हो ।






















