नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

नवलपुर टुडे

कार्यक्रम नारायणगढ बाह्रघरेस्थित क्यासी लाउन्ज एण्ड स्पोर्टस बारमा हुने नेपाल डायरिजका निर्देशक विनेश थापाले जानकारी दिए । थापाका अनुसार कार्यक्रम २९ गते शुक्रबार साँझ ७ बजे सुरु हुनेछ ।
करिब ४ घण्टा चल्ने कार्यक्रममा अनुप्रस्थले आफ्नो चर्चित गीतहरु गाउनेछ । त्यस अघि चितवनलाई प्रतिनिधित्व गर्ने अर्बिन एण्ड दि ज्यापको प्रस्तुति रहने थापाले बताए । कार्यक्रमका लागि टिकट बिक्री खुला भईसकेको छ । अनलाइनमा थुप्रै डटकम तथा भौतिक रुपमा टिकट बिक्री भईरहेको छ । यस्तै टेबल बुकिङ पनि खुला गरिएको छ ।
सोही दिन डोर सेलमा भने टिकट दर एक हजार ५०० रुपैयाँ निर्धारणा गरिएको छ । दशौं वार्षिकोत्सव मनाउन लागेको नेपाल डायरिजले विभिन्न कार्यक्रम गर्दै आएको छ । हालै मात्र नेपाल डायरिजले चितवनमा नेपथ्यको कन्सर्ट भव्यताका साथ सम्पन्न गरिसकेको छ ।
यस्तै नेपाल डायरिजले मिस नेपालको क्षेत्रीय संयोजन, मिस एसईई स्टार चितवन जस्ता सौन्दर्य प्रतियोगिता, विभिन्न फेशन रवे, कन्सर्ट, चलचित्रको प्रचार प्रसार तथा अनुप्रस्थ र द एक्स जस्ता ब्याण्डको व्यवस्थापकिय भूमिकामा बसेर पनि काम गरिसकेको छ ।

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते

रुपन्देहीमा कुस्ती दंगल, नेपाल–भारतका ४४ पहलमान भिडे

काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज विदेशी मुद्रा विनिमय दर स्थिर
अरुपनि पढ्नुहोस
सबै
सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो
















