नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

रासस
29


तानसेन (पाल्पा), असार ३१। अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् । पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।
यहाँका मिन सी, सुकुमार सीलगायत नेता राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् । उहाँहरु विगत तीन वर्षदेखि धान, गहुँ, आलुखेतीमा लागेका हुन् ।
किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका हुन् ।
प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ । सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको भन्दै उत्पादनतर्फ लागेको बताउनुभयो ।
सीले भन्नुभयो, “नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने बताउनुभयो । मुलुक कृषि प्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाइ छ । “चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ”, सीले भन्नुभयो । गतवर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव
२०८३ मंसिर ४ | मध्यान्ह ०५:०८ बजे

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन
२०८३ मंसिर ४ | मध्यान्ह ०५:०८ बजे

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन
२०८३ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर
२०८३ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
२०८३ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने
२०८३ मंसिर ४ | मध्यान्ह ०२:०८ बजे

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो
२०८३ मंसिर ४ | मध्यान्ह ०२:०८ बजे

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु
२०८३ मंसिर ४ | मध्यान्ह १२:०८ बजे

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंसिर ४ | मध्यान्ह १२:०८ बजे












