वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

रासस


इनरुवा (सुनसरी), असार २८। जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताउनुभएका उहाँले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।
उहाँका अनुसार बिउ, मल, जनश्रम तथा अन्य उत्पादन खर्च कटाउँदा कुल आम्दानीको करिब ५० प्रतिशत बचत हुने गरेको छ । उहाँलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ ।
ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक तथा विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उहाँ उपयुक्त जमिन र बजार व्यवस्थापन हुन सके कृषि क्षेत्रबाट पर्याप्त आम्दानी गर्न सकिने बताउनुहुन्छ । खेतबारीमा काम गर्ने मानिस नपाउँदा उहाँ खिन्न हुनुहुन्छ । सागसब्जीको उचित मूल्य नपाएको उहाँको गुनासो छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा व्यावसायिक तथा मौसमी रूपमा करिब सात हजार पाँच ५०० हेक्टरमा सागसब्जी खेती हुँदै आएको छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















