प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

रासस


चितवन । उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको हाे
अहिले ३३ जना किसानले जिल्लामा प्राङ्गारिक खेती गरिरहेका छन्। उनका अनुसार ४० बिघा जग्गामा प्राङ्गारिक खेती हुँदै आएको छ। यस बिक्री कक्षमा प्राङ्गारिक कृषकले उत्पादन गरेको कृषिजन्यउपज दाल, चामल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, जडीबुटी तथा पोसीलो खाद्यउपज बिक्री वितरण गरिने व्यवस्थापक राजकुमार तामाङले जानकारी दिए।
सिजन अनुसारका तरकारी, फलफूल तथा अन्य सामग्री बिक्री वितरण हुने गरेकाे बताउँदै उनले भने,यस बिक्री केन्द्रले आम किसान र उपभोक्तालई प्रत्यक्ष फाइदा हुनेछ ।’ कहिले किसानले बजार नपाउने र कहिले उपभोक्ताले प्राङ्गारिक वस्तु नपाउने समस्यालाई केन्द्रले समाधान गर्ने विश्वास लिइएको छ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















