सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

रासस


काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।
“सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ”, उनले भने,“वर्गीकरणपश्चात परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ ।”
देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















