गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

रासस
२०८३ बैशाख १२ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ, वैशाख १२। काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।
उहाँले भन्नुभयो, “गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ ।” हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।
















