आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै


काठमाडाैँ । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग बस्दैछन् । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे र लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने कार्यसूची छ ।बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताए ।
यसैगरी लुम्बिनी प्रदेश सभाको बैठक तीन कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकको सुरुआतमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नेछन् । यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।






















