Opens in a new tab

सुनको भाउ हालसम्मकै उच्च

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, मंसिर २८ । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

अरुपनि पढ्नुहोस

सबै

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे