हिमाली गाउँपालिका दुर्गम बिच्छ्या जोड्ने सडक निर्माण मुख्यमन्त्री शाह द्वारा शिलान्यास

उमेश रोकाया

बाजुरा, मंसिर ८ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्न्र हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ (बिच्छा, कोट र बौडी) लाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण सडक निर्माण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिलान्यास गरिएको छ । मुख्यमन्त्री शाहले बाजुराकै अति विकट क्षेत्रमा पर्ने बिच्छ्या वर्षौंदेखि सडक सुविधा नहुँदा स्थानीय वासीले भोग्दै आएको कष्टलाई अन्त्य गर्ने उद्देश्यले सडक निर्माणकार्य सुरु गरिएको बताउनुभयो ।
झन्डै ६०० घरधुरी प्रभावित रहने यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो । प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गत २ करोड ६९ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । हुम्लाकोट गाउँपालिकाले ५० लाख रुपैयाँ अतिरिक्त विनियोजन गरी सहयोग पुर्याएको छ । कर्णाली प्रदेश तर्फ हुम्लाको खडाडिल–पम्पानी हुँदै मैतनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
हिमाली गाउँपालिका–१ को कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुने भएको छ । शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधि अघि बढ्न थालेको उल्लेख गर्दै यसलाई संघीयताको सकारात्मक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो “विकास एकैदिनमा पूरा नहुने भए पनि यी विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने हाम्रो प्रतिबद्धता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताउनुभयो ।
उहाँले सडकस्तर उन्नतिको साथै स्वास्थ्य, शिक्षा र आधारभूत सेवाका क्षेत्रमा समेत बजेट छुट्याइने विश्वास दिलाउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही, प्रदेशसभा सदस्य जुनादानी, बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल स्थानीय तह तथा वडाका जनप्रतिनिधि , संचारकर्मी सहित स्थानीयवासीको उपस्थिति थियो। शिलान्यास गर्न पुग्नुभएका मुख्यमन्त्री शाहलाई स्थानीयवासीले फुलमाला बाजागाजा सहित भव्य स्वागत गरेका हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















