असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण, तिलोत्तमा –२ कार्यालय भवनमा सम्पन्न

नवलपुर टुडे


वनवाटिका, मंसीर ०६ । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरणको दोस्रो कार्यक्रम वडा नम्बर–२ कार्यालय भवनमा आज (शनिबार) सम्पन्न भएको छ ।
नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउन गत सातादेखि प्रारम्भिक प्रशिक्षण सहितको छनौट कार्यक्रम शुरू गरिएको संस्थाका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।
तालिम सहितको प्रतियोगिताको आज (शनिबार)को उद्घाटन गर्दै तिलोत्तमा –०२ का वडा सदस्य पूर्णकला भट्टराई वि.क.ले आफ्ना वडाका किशोर–किशोरीका राय बुझ्न पाइने कार्यक्रम सञ्चालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
शुभयात्रा नेपाल वनवाटिका समितिका संयोजक तीर्थराज पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
संस्थाका सदस्य कमल भण्डारीको सञ्चालनमा भएको कार्यक्रमबीच संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता अघि प्रशिक्षण समेत दिनुभएको थियो ।
त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक कुलबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै न्यू लाइट मा.वि.को कक्षा ९ का विद्यार्थी अब्सन अर्याल नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । त्यसैगरी, जनजागृति मा. वि. का कक्षा १० का अनुष्का पौडेल दोस्रो र तिलोत्तमा मा. वि. कक्षा १२ का प्रतिक बस्नेत तेस्रो हुनुभएको छ ।
नगरका सत्रवटै वडाका प्रारम्भिक चरणपछि अन्तिम प्रतिस्पर्धा गराइने नगर संयोजक ईश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो । आगामी मंसिर ६ गते वडानम्बर –२ मा बसोबास गर्ने विद्यार्थीबीच छनौट प्रतियोगिता हुनेसमेत उहाँले बताउनुभयोे ।
शुभयात्रा नेपाल वनवाटिका समितिले आयोजना गरेको कार्यक्रममा संस्थाका वनवाटिका समितिका आजीवन सदस्य कल्पना चापागाईँ, नगर समितिका सह–सचिव महेन्द्र बस्नेत, निर्णायकहरूः विष्णुप्रसाद अर्याल, वेदप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।

धान काट्न व्यस्त छन् इलामका किसान

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा

छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग

अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना
















