नेपाल राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने

नवलपुर टुडे


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुनेछ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।

धान काट्न व्यस्त छन् इलामका किसान

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा

छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग

अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना
















