भारत र चीनबिच पाँच वर्षपछि सिधा उडान सुरु

एजेन्सी


भारत । कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६ई–१७०३ सोमबार ग्वाङ्झाउ पुगेको छ। यो सँगै भारत र चीनबिच पाँच वर्षदेखि रोकिएको सिधा उडान पुनः सुरु भएको छ।
कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप हुँदा सिधा हवाई सेवा बन्द गरिएको थियो।
पछिल्ला वर्षहरूमा दुई देशबिच सम्बन्ध सुधार हुँदैछ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो। सात वर्षपछि गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरेका थिए। सो अवसरमा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट पनि गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेर उक्त सम्बन्ध सुधारमा महत्वपूर्ण कदम चालेका थिए।
भारत सरकारले उडान पुनः सुरु हुँदा जनता-जनताबिच सम्पर्क बढ्ने र ‘द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण’ गर्न सहयोग पुग्ने बताएको छ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















