अर्थ

बजारमा सुकेको प्याजको भाउ घट्यो

नवलपुर टुडे
२०८२ भदौ ८ | मध्यान्ह १२:०५ बजे
 काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भएको थियो । एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । अहिले बजारमा भारतीय प्याजले माग धानेको छ । व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।

कमेन्टहरु