मुम्बई प्रहरीले बढायो भारतीय कमेडियन कपिल शर्माको सुरक्षा

एजेन्सी

नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माका लागि पछिल्ला केही दिनहरू कठिन रहे । क्यानडामा रहेको उनको क्याफेमा दुई पटक गोली चल्यो ।
यसबाहेक, ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहबाट कपिललाई खुलेआम धम्की पनि आयो । यी सबै घटनाहरूलाई विचार गरेर मुम्बई प्रहरीले कपिलको सुरक्षा बढाउने निर्णय गरेको छ । क्यानडामा रहेको कपिलको क्याफेमा दोस्रो पटक गोली चलेपछि यो निर्णय आएको हो ।
पहिलो पटक भएको गोलीबारीको जिम्मेवारी खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले लिएका थिए । दोस्रो गोलीबारीको घटनाको जिम्मेवारी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहले लियो । अगस्ट ७ मा भएको आक्रमणको ग्याङ्स्टर गोल्डी ढिल्लनले खुलेआम जिम्मेवारी लिएका थिए । सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर उनले कपिललाई धम्की पनि दिएका थिए ।
‘जय श्री राम, सत श्री अकाल, सबै दाजुभाइलाई राम–राम । आज कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी गोल्डी ढिल्लनले लिएका छन्, उनी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित छन् । हामीले उनलाई फोन गरेका थियौँ । तर कुनै जवाफ पाएनौं । त्यसैले हामीले उनीविरुद्ध एक्शन लिएका छौं । उनले फेरि पनि प्रतिक्रिया दिएनन् भने, हामी मुम्बईमा उनको विरुद्ध कारबाही गर्नेछौं,’ पोष्टमा लेखिएको थियो ।
यी सारा धम्की र आक्रमणहरूले उनको सुरक्षाबारे गम्भीर चिन्ताहरू उठाएका छन् । जसका कारण मुम्बईका स्थानीय अधिकारीहरूले द्रुत कारबाही गरेका छन् । कपिलको क्याफेमा दोस्रो आक्रमण हुनुभन्दा केही दिन अघि, सरे प्रहरीका अधिकारीहरू र मेयर खाजा खान कपिलको क्याफेमा पुगेका थिए । यसको भिडियो कपिलले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
कपिलको क्याफेमा भएको गोलीबारीपछि लरेन्स विश्नोई ग्याङका ग्याङस्टर ह्यारी बक्सरले अडियो नोट जारी गरेका थिए । यसमा सम्पूर्ण फिल्म उद्योगलाई धम्की दिँदै ज–जसले सलमान खानसँग काम गर्छ, उ आफ्नो हातबाट मर्ने बक्सरले भनेका थिए । सलमानसँग सानो भन्दा सानो काम गर्ने हरेक कलाकार वा फिल्म निर्मातालाई उनले नछोड्ने उनको भनाइ थियो ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















