सुनसरीमा बस र विंगर ठोक्किँदा तीनजनाको मृत्यु, १६ जना घाइते

नवलपुर टुडे

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा सोमबार (साउन २६) बिहान सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । १६ जना घाइते छन् ।
बिहान करिब ७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको यात्रीवाहक बस र विपरीत दिशाबाट आइरहेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका १६ मध्ये चारजनाको अवस्था गम्भीर छ । १२ जनाको अवस्था मध्यम छ । एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका निम्ति सुनसरीका विभिन्न अस्पतालमा लगिएको छ । भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा भर्ना गरिएका १५ मध्ये दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल इनरुवामा ल्याइएका पाँचजनामध्ये एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट तीनजनालाई थप उपचारका निम्ति विराटनगरस्थित गोल्डेन अस्पतालमा ‘रेफर’ गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विंगर चालक घाइते छन् । उपचारका निम्ति उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते

रुपन्देहीमा कुस्ती दंगल, नेपाल–भारतका ४४ पहलमान भिडे

काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
















