प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

नवलपुर टुडे


भरतपुर, जेठ २८ ।नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेसमैत्री नीति र बजेट निर्माणका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । महासंघको आज (बुधबार) सम्पन्न कार्यसमिति बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा बजेट निर्माण गर्दा स्थानीय सञ्चार माध्यामहरुलाई प्राथमिकतामा राख्न आग्रह पनि गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष बसन्त पराजुलीले पालिकाले बिज्ञापन प्रकाशित प्रसारित गर्दा स्थानीय सञ्चार माध्यामलाई प्राथमिकतामा राख्न आग्रह गरिएको बताउनुभयो । सञ्चार क्षेत्रमा देखिएको संकट र पत्रकार पलायनको अवस्था न्यूनिकरणका लागि प्रेस मैत्री बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
साथै महासंघको बैठकले पत्रकारको स्वास्थ्य तथा वृत्तिविकासका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । अक्षय कोषमा सहयोग गर्न चाहानेहरुका लागि महासंघले आह्वान गरेको पराजुलीले बताउनुभयो । बैठकमा सल्लाहकार राधेश्याम खतिवडा, नारायण प्रसाद अधिकारी, प्रकाशमणि ज्ञवालीले कोषले पत्रकारको स्थायित्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले पत्रकारको सुरक्षाका लागि महासंघ अग्रपंतिमा उभिएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

धान काट्न व्यस्त छन् इलामका किसान

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा

छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग

अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना
















