फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु
दिप्शन गुरुङ


बैङ्लोर, भारत । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीनजनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
फेंगल नाम दिइएको चक्रवात शनिबार राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा)को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।
तमिलनाडुराज्यका विपद् व्यवस्थापनमन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीनजनाको मृत्यु भएको जानकारी दिए । तर, आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए ।
उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपद् यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।
यो आँधी आइतबारपछि विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।
विभागले आँधीको जोखिम रहँदासम्म समुन्द्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ । केही क्षेत्रमा मध्यमदेखि उच्च बाढीको जोखिम रहेको बताएको छ ।
फेंगलले यसै साताको सुरुमा श्रीलंकाको समुद्री तटमा अवतरण हुँदा ६ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
जीवाश्म इन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपद् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ ।
राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको संख्यामा कमी ल्याएको छ ।


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर

बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
















