भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

एजेन्सी

सारांश
- भारतको मणिपुर राज्यमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्।
- मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिँदै दोषीमाथि कडा कानूनी कारबाही गर्ने बताएका छन्।
- भारतका विभिन्न क्षेत्रमा सस्तो र नियमनबाहिर बिक्री हुने अवैध मदिरामा विषाक्त मिथानोल मिसाइएका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

मणिपुर । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।
मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा १८० भन्दा बढी बिरामी उपचाररत छन् ।
मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने बताएका छन् । भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमन बाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।
गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।
भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ ।

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

जीवाश्म इन्धन विवादले कोप–३१ को जलवायु सम्झौता भाँडिदै
अरुपनि पढ्नुहोस
सबै
जुम्लामा ४ महिनामा पुँजीगत खर्च साढे ४ प्रतिशत मात्र

सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल
















