कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल

नवलपुर टुडे

सारांश
- चिसो मौसम सुरु भएपछि तनहुँको मानुङकोटमा कुहिरो र सूर्योदयको दृश्य हेर्न आउने पर्यटकको चहलपहल बढेको छ।
- दैनिक तीनदेखि चार सय पर्यटकले अवलोकन गर्ने यस क्षेत्रबाट विभिन्न हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ।
- पर्यटकको आगमन बढेसँगै यहाँका स्थानीय होटल तथा व्यापारव्यवसायमा समेत चहलपहल र आम्दानी बढेको छ।

तनहुँ । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।
बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
अरुपनि पढ्नुहोस
सबै
दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
















