प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

नवलपुर टुडे

सारांश
- पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न अपराधसम्बन्धी ११८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- प्रहरीले यस अवधिमा विभिन्न मुद्दाका फरार १२२ प्रतिवादी तथा अदालतबाट सजाय पाएका ८५ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ।
- अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न लागुऔषध बरामद गर्नुका साथै प्रविधिको प्रयोग र नियमित गस्तीलाई तीव्र पारिएको छ।

पर्सा । गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जना पक्राउ गरिएको छ ।
त्यस अवधिमा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, गत कात्तिकमा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैङ्किङ कसुरका १४, ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना जिल्लामा दर्ता भएका छन् ।
त्यस्तै, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले त्यस अवधिमा १४ वटा मुद्दा दर्ता गरेको र त्यसमा संलग्न भएको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ ।
त्यस क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको जनाइएको छ ।
त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ । गत महिना लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई सचेतना दिलाएको छ ।
प्रहरीले पछिल्लो समयमा अपराध न्यूनीकरण तथा शान्तिसुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, ‘क्युआर’ तथा ‘डिजिटल’ निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई चुस्त तुल्याएको जानकारी दिएको छ ।
त्यस्तै, ‘मोबाइल क्विक रेस्पोन्स’ टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको ‘कमान्ड’मा ‘चेकिङ’ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
पछिल्लो समय प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा ‘प्रोफाइल’ पनि तयार गरेको प्रवक्ता मल्लले जानकारी दिए ।

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह
अरुपनि पढ्नुहोस
सबै
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग

सडक र होटल सुविधा थपिँदा गोसाइँकुण्डमा बाह्रै महिना पर्यटकको चहलपहल
















