दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

नवलपुर टुडे

सारांश
- आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३२ वटै खेलका प्रतियोगितास्थल सार्वजनिक गरिएको छ।
- राष्ट्रिय खेलकुद परिषद्का अनुसार अधिकांश खेल सुर्खेतमा हुनेछन् भने बाँकी खेलहरू सल्यान, जुम्ला, कालीकोट, दैलेख, रुकुमपश्चिम, बाँके र बर्दियामा आयोजना हुनेछन्।
- प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार अफिसियल्स सहभागी हुनेछन् भने यसको तयारी अन्तिम चरणमा पुगेको छ।

कर्णाली । यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।
उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ ।
त्यस्तै, जुडो र कुस्ती (सल्यान), आईटीएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।
सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक/एक खेल हुनेछन् ।
त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ । केही खेल यही मंसिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मंसिर १६ गते गरिने छ ।
प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार, प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ ।

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग
अरुपनि पढ्नुहोस
सबै
सडक र होटल सुविधा थपिँदा गोसाइँकुण्डमा बाह्रै महिना पर्यटकको चहलपहल

सुदूरपश्चिमले उचाल्यो एनपिएल ट्रफी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप
















