इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

एजेन्सी

सारांश
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अमेरिकी सैन्य हवाई अड्डाका राडारमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
- बहराइनको आन्तरिक मन्त्रालयले आक्रमणका कारण एउटा औद्योगिक प्रतिष्ठानमा आगलागी भएको र केही हवाई आक्रमणलाई विफल पारिएको जनाएको छ।
- इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाको आर्थिक नाकाबन्दीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै युद्धविरामको प्रस्ताव अघि बढाएका छन्।

काठमाडाैँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ ।
आईआरजीसीले शनिबार राति जारी गरेको विज्ञप्तिमा आफ्नो एयरोस्पेस फोर्सले बहराइनका अल रिफा र अवाली साखिर हवाई अड्डामा रहेका अमेरिकी राडारलाई लक्षित गरी जवाफी कारबाही गरेको उल्लेख गरेको छ ।
आईआरजीसीले अमेरिकी सेनाका एमक्यू–१ प्रिडेटर र एमक्यू–९ रिपर ड्रोनले पनि शनिबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । इरानी हवाई क्षेत्र आफ्नो सशस्त्र सेनाका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै उसले उल्लङ्घन भए कडा जवाफ दिने चेतावनी दिएको छ ।
यसैबीच, बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणमा एउटा औद्योगिक प्रतिष्ठानलाई लक्षित गरिएको र त्यहाँ आगलागी भएको जनाएको छ । आगो नियन्त्रणमा लिन नागरिक सुरक्षा टोली परिचालन गरिएको मन्त्रालयले बताएको छ ।
बहराइन रक्षा बलका अनुसार हवाई रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका केही हवाई आक्रमणलाई रोकेको थियो । रोकिएका आक्रमणका अवशेष खस्दा सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ ।
यसैबिच, इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई युद्धको कार्यका रूपमा लिएको बताएका छन् । उनले नाकाबन्दी तोड्न आवश्यक सबै उपाय अपनाउने चेतावनी दिएका छन् ।
उनका अनुसार युद्धविराम गर्ने र हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने दुईदिने योजना इरानले अघि सारेको एकमात्र प्रस्ताव हो । अमेरिकाले उक्त योजना कार्यान्वयनका लागि आवश्यक सर्त पूरा गरे वार्ता अघि बढाउन सकिने उनले बताए ।
इरान र अमेरिकाबिच हर्मुज जलडमरूमध्य तथा आसपासका क्षेत्रमा तनाव पुनः बढिरहेका बेला पछिल्लो घटना भएको हो ।

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

जीवाश्म इन्धन विवादले कोप–३१ को जलवायु सम्झौता भाँडिदै

जुम्लामा ४ महिनामा पुँजीगत खर्च साढे ४ प्रतिशत मात्र
अरुपनि पढ्नुहोस
सबै
सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो
















