दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

एजेन्सी

सारांश
- दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो–जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चोरी नियन्त्रण गर्न अपनाइएका आकस्मिक उपायहरूको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।
- परीक्षाका दिन मोबाइलमा बारम्बार आकस्मिक सूचना पठाउने र कडा जाँच गर्ने कदमले विद्यार्थी तथा सर्वसाधारणलाई असहज बनाएपछि सरकारको व्यापक आलोचना भएको थियो ।
- राष्ट्रपति ली जे म्युङले शिक्षामन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् भने यस वर्षको परीक्षामा १११ जना अनधिकृत स्मार्ट उपकरणसहित फेला परेका छन् ।

सोल । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो–जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चोरी रोक्न सरकारले अपनाएका आकस्मिक उपायको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।
बिहीबार सम्पन्न वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनुङ’मा एआईको प्रयोग गरी चोरी हुन सक्ने आशंकापछि सरकारले अन्तिम समयमा कडा निगरानीका उपाय लागू गरेको थियो ।
तर, परीक्षाकै दिन देशभरका मोबाइलमा पटक–पटक आकस्मिक सूचना पठाउने, परीक्षार्थीका लुगा र चस्मा जाँच गर्ने जस्ता कदमले विद्यार्थी र सर्वसाधारणलाई असहज बनाएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो ।
आलोचनापछि शिक्षामन्त्री चोइले परीक्षाअघि आवश्यक तयारी गर्न नसकेको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिनुपर्ने बताउँदै राजीनामा दिएका हुन् । राष्ट्रपति ली जे म्युङले उनको राजीनामा स्वीकृत गरेका छन् ।
परीक्षामा चोरी गर्ने विषयमा विवाद चर्किनुको कारण अप्रिलमा भएको राष्ट्रिय कर लेखा परीक्षा (ट्याक्स अकाउन्टेन्सी) का उत्कृष्ट परीक्षार्थी हान वोन–सोकको स्वीकारोक्ति थियो ।
३४ वर्षीय हानले सूक्ष्म क्यामेराबाट प्रश्नपत्रको तस्बिर खिचेर एआईमा पठाएको र मोबाइलबाट उत्तर जाँचेर सारेको बताएका थिए । त्यसपछि सरकारले सुनुङ परीक्षामा पनि यस्तै घटना हुन नदिन आकस्मिक निगरानी बढाएको थियो ।
परीक्षा चलिरहेका बेला बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तीनपटक देशभरका मोबाइलमा चेतावनी सन्देश पठाइएको थियो ।
यस वर्ष करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षामा १११ जना अनधिकृत स्मार्ट उपकरणसहित फेला परेको शिक्षा मन्त्रालयले जनाएको छ । करिब नौ घण्टासम्म चल्ने सुनुङ परीक्षा दक्षिण कोरियामा विद्यार्थीको उच्च शिक्षा र भविष्यको पेसा निर्धारण गर्ने महत्त्वपूर्ण परीक्षा मानिन्छ ।

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

जीवाश्म इन्धन विवादले कोप–३१ को जलवायु सम्झौता भाँडिदै

जुम्लामा ४ महिनामा पुँजीगत खर्च साढे ४ प्रतिशत मात्र

सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
















