Opens in a new tab

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

नवलपुर टुडे

399Shares

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भारत भ्रमणका लागि आइतबार काठमाडौँबाट प्रस्थान गर्नुभएको छ।
  • भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट तथा समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ।
  • वार्ताका अवसरमा ऊर्जा, व्यापार, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी सहकार्य र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
dida bag ad

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय टोलीसहित दुई दिने भारत भ्रमणका लागि उडेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आइतबार दिउँसो १:४५ बजे भारतका लागि उडेका हुन्।

उनी नेपाल एयरलायन्सको २१७ नम्बरको नियमित उडानमार्फत भारत भारत उडे। उनलाई बिदाइ गर्न विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठ र रास्वपाका प्रवक्ता जगदीश खरेल पुगेका थिए।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरू पनि सहभागी छन्।

​भ्रमणका क्रममा शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ। ​भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।

​भ्रमणको पहिलो दिन आज (आइतबार) शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।

यस्तै सोमबार साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यतालिका छ।

तस्बिरहरू:

balen india visit from nepal 1balen india visit from nepal 3balen india visit from nepal