Opens in a new tab

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

रासस

315Shares

सारांश

  • झापाको कमल गाउँपालिकास्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ।
  • माछा मार्न बिछ्याइएको करेन्ट आफैलाई लाग्दा शनिबार घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
  • मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको छ भने यसअघि भदौमा पनि सोही खोलामा यस्तै घटना घटेको थियो।
dida bag ad

भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–१, शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल राई छन् ।

माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको थियो ।

मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।