Opens in a new tab

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड

नवलपुर टुडे

1.6KShares

सारांश

  • नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनको दायराभित्रै रहेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने अधिकार माथिल्लो तहबाट हस्तक्षेप नगरी तल्लो तहलाई नै दिइने स्पष्ट पारेका छन्।
  • कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले राष्ट्रिय जागरण अभियानमार्फत जनताको घरदैलोमा पुगेर विगतका कामहरूको प्रचारप्रसार गर्नुपर्ने बताएका छन्।
dida bag ad

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मध्यपुरथिमिमा नेकपाले आज आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले ५ जेठमा स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुनेगरी निर्वाचन गर्नुपर्ने बताए ।

उनले भने, ‘निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव आएको छ, दलहरूको भनाइ पनि संविधानले व्यवस्था गरेअनुसार नै हुनुपर्छ भन्ने हो ।’ उनले लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा हुनु आवश्यक रहेको बताए ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिकट बाँड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउँदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय तल्लो तहले नै गर्न निर्देशन दिए ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताए ।

अरुपनि पढ्नुहोस

सबै