मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

रासस

सारांश
- मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
- प्रदेश प्रमुखले दिएको समयसीमाभित्र कुनै पनि दलले बहुमतको दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादव मुख्यमन्त्री बनेका हुन्।
- नवनियुक्त मुख्यमन्त्री यादवले अब प्रदेशसभाबाट संविधानले तोकेको समयसीमाभित्र विश्वासको मत लिनुपर्नेछ।

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा), नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार (मंसिर ५) जारी गरेको विज्ञप्तिअनुसार, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार (मंसिर ४) अपराह्न ४ बजेसम्मको समय दिइएको थियो ।
तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका निम्ति दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यससँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । नवनियुक्त मुख्यमन्त्री यादवले अब प्रदेशसभाबाट संविधानले तोकेको समयभित्र विश्वासको मत लिनुपर्नेछ ।

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध
अरुपनि पढ्नुहोस
सबै
चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु
















