नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

नवलपुर टुडे

सारांश
- विश्व टेलिभिजन दिवसको अवसरमा काठमाडौँमा भएको भेलाद्वारा नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
- शिव पङ्गेनीको संयोजकत्वमा गठित यस समितिका सदस्यहरूमा मुरारी घिमिरे, राजु थापा, देवानन्द शिल्पकारलगायत रहेका छन्।
- भिडियो पत्रकारहरूको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाको सुनिश्चितताका लागि उक्त संस्था स्थापना गरिएको हो।

काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको तदर्थ समिति गठन गरेको छ ।
काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरुको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए ।
त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए ।
उनले भने, “भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु ।”

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते
अरुपनि पढ्नुहोस
सबै
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी
















