सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते

रासस

सारांश
- सुनसरीको कोशी गाउँपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको छ।
- दुहबी नगरपालिकामा मादक पदार्थ सेवन गरेका चालकको मोटरसाइकलले ठक्कर दिँदा दुई पैदलयात्रीसहित चारजना घाइते भएका छन्।
- घटनास्थलबाट ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ भने गम्भीर घाइतेहरूको विराटनगर र बूढीगंगास्थित अस्पतालमा उपचार भइरहेको छ।

सुनसरी । सुनसरीमा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेजनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।
प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चारजना घाइते भएका छन् ।
इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ ।

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

पर्साबाट कात्तिक महिनामा भन्सार छलीका ७० लाखको सामान बरामद
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : लुम्बिनी र सुदूरपश्चिम कसले उचाल्ला एनपीएलको ट्रफी ?

आज मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान

आजदेखि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
















