एनपीएल : लुम्बिनी र सुदूरपश्चिम कसले उचाल्ला एनपीएलको ट्रफी ?

नवलपुर टुडे

सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
- लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ भने लुम्बिनी लगातार दोस्रोपटक उपाधि रक्षा गर्न चाहन्छ।
- त्रिवि क्रिकेट मैदानमा हुने यो फाइनल खेलका लागि दुवै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन्।

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले शनिबार नयाँ च्याम्पियन पाउँदै छ । उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यसहित साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आज हुने फाइनलमा आमनेसामने हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्तमा दुवै टोलीको एउटै लक्ष्य हुनेछ– एनपीएलको ट्रफी उचाल्ने । त्यसका लागि दुवै टोली मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित उत्रनेछन् ।
गत बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियाे । यसअघि गत मंगलबार भएको क्वालिफायर–१ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकाे थियो ।
गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसअघिका दुवै संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम उपाधि जित्न असफल भएको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।
दोस्रो संस्करणमा पनि फाइनल पुगेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पुरानो हारको हिसाब बराबर गर्दै पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
यता लुम्बिनी भने उपाधि रक्षा गर्दै एनपीएलमा लगातार दोस्रोपटक च्याम्पियन बन्न चाहन्छ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले फाइनल खेलका लागि अघिल्ला खेलको नतिजाले केही फरक नपर्ने बताएका छन् ।
एनपीएलको उपाधि भिडन्तको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले अघिल्ला खेलमा के–के भयो त्यसले केही अर्थ नराख्ने हुँदा भोलिको खेलमा उत्कृष्ट प्रदर्शन गर्नु महत्त्वपूर्ण हुने बताएका हुन् ।
लगातार दोस्रोपटक उपाधि जित्ने दौडमा रहेका पौडेलले शनिबार हुने फाइनल खेल जित्नु महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘दोस्रो टाइटल मेरो लागि मात्रै नभएर लुम्बिनी लायन्सका लागि पनि महत्त्वपूर्ण छ । हामीले त्यही हिसाबले मिहिनेत गरेका छौँ । मलाई लाग्छ टुर्नामेन्टभरि जति पनि मिहिनेत गरेका छौँ त्यही कारण फाइनलमा आएका हौँ । सो अब एउटा स्टेप छ, त्यसमा राम्रो गर्नुपर्छ ।’
सुदूरपश्चिम रोयल्सका कप्तानदी दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ लाइनअप राम्रो रहेको उल्लेख गर्दै त्यसलाई कसरी खेल्ने भन्ने विषयमा टिमले योजना बनाएको जानकारी दिए ।

आज मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान

आजदेखि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि
अरुपनि पढ्नुहोस
सबै
सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर
















