चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

रासस

सारांश
- चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनरको गोप्य क्याबिनमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।
- पक्राउ पर्नेमा कन्टेनर चालक सत्यम कुमार र सहचालक रोहन कुमार रहेका छन् भने उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको छ।

चितवन, मङ्सिर ५। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो ।
हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम ९गोप्य ठाउँ० बनाइ लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उहाँले जानकारी दिनुभयो ।

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

पर्साबाट कात्तिक महिनामा भन्सार छलीका ७० लाखको सामान बरामद

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम कसले उचाल्ला एनपीएलको ट्रफी ?

आज मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान
अरुपनि पढ्नुहोस
सबै
आजदेखि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि
















