इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

नवलपुर टुडे

सारांश
- इलामको कन्याममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि दुईदिने प्रथम सूर्योदय चिया महोत्सव सुरु हुँदैछ।
- महोत्सवमा १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ।
- कार्यक्रममा टि ट्रेल रेस, चिया स्वाद परीक्षण, स्थानीय परिकार प्रदर्शन तथा सांस्कृतिक झाँकी लगायतका गतिविधिहरू समावेश गरिएका छन्।

इलाम । इलाममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदै छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोसी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदै छ ।
महोत्सवको उद्घाटन कोसी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ ।
चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए ।
“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।”
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।
स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए ।

जुवातासको खालबाट ४९ जना पक्राउ

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड

सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
अरुपनि पढ्नुहोस
सबै
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
















