Opens in a new tab

जुवातासको खालबाट ४९ जना पक्राउ

नवलपुर टुडे

299Shares

सारांश

  • काठमाडौँको मैपी र माछापोखरीमा जुवा खेलिरहेको अवस्थामा ३७ जनालाई नगद, कौडा र ताससहित प्रहरीले पक्राउ गरेको छ।
  • सर्लाहीको ईश्वरपुरबाट कौडा खेलिरहेका ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई नगद र कौडासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
  • नुवाकोटको लिखुबाट जुवातास खेलिरहेको अवस्थामा विवेक पाण्डेसहित पाँच जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ।
dida bag ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले निजहरूलाई रु नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो।

त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो।

अरुपनि पढ्नुहोस

सबै

मिथिलामा ‘लबान’ को लहर

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

२०८३ मंसिर ५ | मध्यान्ह ०१:०८ बजे