Opens in a new tab

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

एजेन्सी

325Shares

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिचको शिखर वार्ता उपलब्धिमूलक भनिए पनि अमेरिकाले कृषि उत्पादन, दुर्लभ खनिज र नागरिक रिहाइ जस्ता विषयमा कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन।
  • चिनियाँ राष्ट्रपति सीले विमानस्थलमा स्वागत गर्नुका साथै रुसी राष्ट्रपति पुटिनसमेत सामेल भएको त्रिपक्षीय भेटवार्ता गराएर विश्व मञ्चमा आफ्नो कूटनीतिक प्रभाव र नेतृत्व क्षमता प्रदर्शन गरेका छन्।
  • प्रविधि प्रतिस्पर्धा र ताइवानको मुद्दामा दुई देशबिच तिक्तता कायमै रहेको छ भने आगामी जनवरी १० मा व्यापार युद्धविरामको अवधि सकिने भएपछि सम्बन्ध स्थिर राख्ने विषयमा मात्र छलफल हुने अपेक्षा गरिएको छ।
dida bag ad

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको पछिल्लो शिखर वार्तालाई उपलब्धिमूलक भन्दै प्रशंसा गरे पनि त्यसबाट अमेरिकाले ठोस उपलब्धि हासिल गर्न नसकेको विश्लेषकहरूले बताएका छन् । बरु चीनले विश्व मञ्चमा आफ्नो कूटनीतिक प्रभाव बढाएको र अमेरिकासँगको व्यापारिक तनावलाई आफ्नै अनुकूल अवस्थामा राख्न सफल भएको उनीहरूको भनाइ छ ।

यसै साता चीनको सेन्जेनमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि सीले विमानस्थलमै पुगेर ट्रम्पलाई स्वागत गरेका थिए । दुई नेताबिच भेटघाट र आत्मीय व्यवहारका दृश्य सार्वजनिक भएका थिए । साथै, सी, ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलो पटक त्रिपक्षीय भेटवार्ता पनि भएको थियो ।

विश्लेषकहरूका अनुसार यसले सीलाई विश्वका प्रमुख शक्तिबिच संवाद गराउने प्रभावशाली नेताका रूपमा प्रस्तुत गरेको छ । ट्रम्पले भने वार्ताबाट एआई, व्यापार र स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल आपूर्तिबारे छलफल भएको बताएका थिए ।

अमेरिकाले चीनसँग अमेरिकी कृषि उत्पादनको खरिद बढाउन, दुर्लभ खनिजको निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो पार्न र अमेरिकाले अन्यायपूर्ण रूपमा हिरासतमा राखिएको दाबी गरेका दुई अमेरिकी नागरिकलाई रिहा गर्न माग गरेको थियो । तर, वार्तापछि चीनले यी विषयमा कुनै ठोस सहमति वा कार्यतालिका सार्वजनिक गरेन ।

चीनले सन् २०२६ का लागि अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता पूरा गर्ने दिशामा प्रगति गरे पनि अन्य कृषि उत्पादनको खरिद भने निकै कम गरेको छ । त्यस्तै, दुर्लभ खनिजको निर्यात पनि व्यापार युद्ध चर्किनु अघिको स्तरमा फर्किएको छैन । अमेरिकाले रिहाइ मागेका दुवै नागरिक पनि मुक्त भएका छैनन् ।

चीनले ताइवानको विषयमा अमेरिकाले आफ्नो नीतिमा संयम अपनाउनुपर्ने मागसमेत दोहोर्‍याएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ भने ताइवानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

यसैबिच, अमेरिका र चीनबिचको प्रविधि प्रतिस्पर्धा पनि जारी छ । ट्रम्प र सीबिच भेटवार्ता भएकै दिन चीनले उन्नत एआई चिपमा पहुँच पाउन नदिने अमेरिकी नयाँ नियम लागू भएको थियो । चीनले अमेरिकी प्रतिबन्धको जवाफ दिने चेतावनी दिएको छ ।

विश्लेषकहरूका अनुसार चीनले अमेरिकाका माग तत्काल पूरा नगरी क्रमिक रूपमा अघि बढ्ने रणनीति अपनाएको छ । यसले वासिङ्टनले भविष्यमा कडा नीति लिएमा बेइजिङलाई वार्तामा थप दबाब सिर्जना गर्ने अवसर दिनेछ ।

दुवै देशबिचको व्यापार युद्धविरामको अवधि आगामी जनवरी १० मा सकिँदै छ । त्यसलाई निरन्तरता दिने विषयमा अर्को महिना अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनका क्रममा ट्रम्प र सीबिच फेरि छलफल हुने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार आगामी भेटवार्तामा पनि ठुला व्यापारिक सहमतिभन्दा दुई देशबिचको सम्बन्ध स्थिर राख्ने विषयले प्राथमिकता पाउनेछ ।

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

२०८३ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

मिथिलामा ‘लबान’ को लहर

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे