विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित श्री हरिबोध माध्यमिक विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास गरिएको छ।
- वडा अध्यक्ष प्रेमबहादुर कलवारद्वारा शिलान्यास गरिएको उक्त मन्दिर निर्माणले विद्यार्थीहरूमा सकारात्मक सोच, संस्कार र आध्यात्मिक चेतनाको विकास गर्ने अपेक्षा गरिएको छ।
- विद्यालय परिसरमा मन्दिर बन्ने भएपछि स्थानीयवासी, शिक्षक, विद्यार्थी र अभिभावकहरूमा ठूलो उत्साह छाएको छ।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ प्रेमनगरस्थित श्री हरिबोध माध्यमिक विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास गरिएको छ।
मन्दिर निर्माणको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती खत्रीले विधिपूर्वक पूजाआजा गर्नुभएको थियो भने वडा अध्यक्ष प्रेमबहादुर कलवारले मन्दिरको शिलान्यास गर्नुभएको हो।
विद्या, बुद्धि र ज्ञानकी देवी माता सरस्वतीको मन्दिर निर्माणले विद्यालयको शैक्षिक तथा धार्मिक वातावरणलाई थप समृद्ध बनाउनुका साथै विद्यार्थीहरूमा सकारात्मक सोच, संस्कार र आध्यात्मिक चेतना विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय परिसरमा मन्दिर निर्माणको कार्य अघि बढेसँगै स्थानीयवासी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूमा समेत उत्साह थपिएको छ।

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ
अरुपनि पढ्नुहोस
सबै
इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

पर्साबाट कात्तिक महिनामा भन्सार छलीका ७० लाखको सामान बरामद

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम कसले उचाल्ला एनपीएलको ट्रफी ?
















