यसैबीच,पोखरामा सहकारी पीडित र रास्वपाका नेताकार्यकर्ता आमने–सामने हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन्।रास्वपाका अधिकांश शीर्ष नेताहरु पोखरा पुगेर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रम गरिरहेका छन्।
रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले पनि अनुसन्धान र न्यायका निम्ति दबाब दिन भन्दै सम्पूर्ण पीडितलाई राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन्।
सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरुलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरिरहेका छन्।दुवै समूहले आफ्नो पक्षमा माहौल बनाउन शक्ति प्रदर्शनको तयारी गरेपछि प्रशासनले पोखरामा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ।

























