पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

रासस

सारांश
- नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारको अधिकार गाउँमा पुर्याउनुको मुख्य उद्देश्य कर्णालीलगायत पिछडिएका क्षेत्रको विकास गर्नु रहेको बताएका छन्।
- उनले रणनीतिक सोच र पूर्वाधार विकासकै कारण आज कर्णाली र तराईबीचको सडक सञ्जाल सहज भएको र यसले देशलाई एकताबद्ध बनाएको उल्लेख गरे।
- प्रधानमन्त्री हुँदा कर्णालीको समृद्धिका लागि ठूला जलविद्युत आयोजना र हिल्सा–सुर्खेत सडक निर्माण अघि बढाउन पहल गरिएको उनले जानकारी दिए।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको बताएका छन् ।
लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धर ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक आज विमोचन गर्दै उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको सुरुआत गरेको बताए ।
“पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्याउन र तराईका अन्नबाली कर्णाली पुर्याउन अप्ठयारो छैन”, उनले भने, “रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो ।”
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि जानकारी दिए ।
त्यस्तै, हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरे ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















