चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

एजेन्सी

सारांश
- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका छन्।
- यससँगै उनी चिनियाँ अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन्।
- यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमै पहिलो संयुक्त उडान हुनेछ।

बेइजिङ । एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका छन् । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उनी ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनेछन् । यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन ।
यसअघि यसै वर्ष सिन्ह्वाले जनाएअनुसार, दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ समकक्षीसँगै तालिम सुरु गरेका थिए । उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना रहेको बताइएको थियो ।
उक्त तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपका साथै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो । यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो पटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धी अमेरिकालाई मानिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ ।

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
















